हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा ४० माइक्रोन भन्दा कम तौल भएका प्लाष्टिक प्रयोगमा प्रतिबन्ध हुने भएको छ । सोमबार हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ र उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले उपमहानगरमा ४० माइक्रोनभन्दा कम तौलका प्लाष्टिक प्रयोग नगर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ बाट यो नियम लागु गरिएको हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले जानकारी दिनुभयो । यसले प्लाष्टिकजन्य वस्तुबाट हुने वातावरणीय प्रदुषण कम हुने उहाँको भनाई छ ।