हेटौंडाः आज बागमती प्रदेशको प्रदेश सभा बैठक बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा सरकारद्वारा प्रदेश सभामा पेश भएको आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयक माथि छलफल हुने बागमती प्रदेश सभा सचिव कृष्ण हरि खड्काले जानकारी दिनुभयो । आज मन्त्रालयहरुको सम्बन्धित विषयमा छलफल हुने भएको छ ।
प्रदेश सभामा संस्कृति तथा पर्यटन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र स्वास्थ्य मन्त्रालयको विषयहरुमा छलफल हुनेछ । आइतबारको बैठकमा प्रमुख प्रतिपक्ष दलका सदस्यहरुले बजेटप्रति असन्तुष्टि जनाएर बिरोध गरेपछि सभा स्थगित भएको थियो ।
