Home मुख्य समाचार नगर सभा सञ्चालन गर्ने सहमति, आजै ३ बजे नगर सभा हुने

नगर सभा सञ्चालन गर्ने सहमति, आजै ३ बजे नगर सभा हुने

नगर सभाका लागि शुक्रबार तयार पारिएको मन्च। फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको नगर सभा सञ्चालन गर्ने सहमति भएको छ । नगर सभाका सदस्यको एक समूहले बजेट निर्माणको प्रक्रिया नै विधिसम्मत नभएको भन्दै शुक्रबारका लागि तय गरिएको नगर सभामा उपस्थिति जनाउन नमानेपछि नगर सभा प्रभावित भएको थियो । सहमतिसँगै आज आइतबार दिनको ३ बजे होटल एभोकाडोमा नगर सभा बैठक सञ्चालन हुनेछ ।

नगर सभा बैठकमा नीति, कार्यक्रम र बजेट प्रस्तुतीपछि आवश्यक संशोधन गरी पारित गर्ने सहमतिपछि आइतबारका लागि बोलाइएको नगर सभामा असन्तुष्ट समूह सहभागी हुने भएको हो । हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले असन्तुष्ट समूहले पेश गरेको नगर सभा सञ्चालनसम्बन्धी कार्यविधि र नियमावलीमाथि संशोधन प्रस्तावलाई उपयुक्त समयमा छलफल गर्ने सहमति भएको जानकारी दिनुभयो । यस्तै विषयगत समितिमार्फत नीति, कार्यक्रम र बजेट तयार हुनुपर्ने माग तत्काल पूरा नभए पनि नीति, कार्यक्रम र बजेट पर्याप्त समय लिई छलफल गरेर पारित गर्ने सहमति भएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

Exit mobile version