टिका लामा ।

हेटौंडाः अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमितिको सदस्यमा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा निर्वाचित हुनुभएको छ । फुटबल संघको नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा ४१ मत प्राप्त गरी लामा सदस्यमा निर्वाचित हुनुभएको छ ।

एन्फाको अध्यक्षमा पंकजबिक्रम नेम्बाङ ४५ मतसहित निर्वाचित हुनुभएको छ भने अध्यक्ष पदका अर्का उम्मेदवारी कर्माछिरिङ शेर्पाले ३९ मत पाएर पराजित हुनुभएको छ । निर्वाचनमा ८४ मत खसेको थियो । लामाले कर्माछिरिङको प्यालनबाट उम्मेदवारी दिनुभएको थियो ।

एन्फाको २१ सदस्यीय कार्यसमितिमा नेम्वाङ प्यानलका १२ जना र शेर्पा प्यानलबाट एक उपाध्यक्ष सहित ७ जना निर्वाचित भएका छन् ।