हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा हेटौंडा उपमहानगरपालिका तथा उपमहानगरपालिका स्काउट तदर्थ समितिले नेपाल स्काउटको ७१औं स्थापना दिवसमा विविध कार्यक्रम आयोजना गरी मनाएको छ । सोही अवसरमा हेटौंडा—५ पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयमा नेपाल स्काउट बागमती प्रदेश स्काउट कार्यालयको उद्घाटन गरिएको छ ।
यसैगरी नेपाल स्काउट बागमती प्रदेश स्काउट स्थानीय स्काउट समिति हेटौंडा उपमहानगरपालिकाको मेयर, उपमेयर तथा प्रमूख प्रशासकिय अधिकृतहरुको दिक्षान्स एवम् पद तथा गोपनियताको सपथ ग्रहण गरिएको छन् । हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, उपमेयर राजेश बानियाँ र प्रमुख प्रशासकिय अधिकृत शिव चौलागाईँलाई दिक्षान्स एवम् पद तथा गोपनियताको सपथ ग्रहण गराइएको हो । सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरुसँग समसमायिक स्काउटका विषयमा अन्र्तक्रिया कार्यक्रम भएको छ । सुस्ताएको स्काउटिङलाई अब मकवानपुरकै विद्यालयहरुमा स्काउटरको विस्तार गरिने उद्देश्यले अन्र्तक्रिया कार्यक्रम भएको हो । नेपाल स्काउट हेटौंडा उपमहानगरापलिका तदर्थ समितिका संयोजक दिपेन्द्र रोक्काको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाको प्रमूख आतिथ्यतामा कार्यक्रम भएको हो । सपथ ग्रहणपश्चात् मेयर लामाले नैतिकताको जिम्मेवार थपिएसँगै मकवानपुरमा स्काउटरहरु विस्तार गर्न पहल गरिने प्रतिबद्वता व्यक्त गर्नुभयो ।
यसैगरी उपमेयर बनियाँले कुरिति र कुसंस्कार विरुद्व सक्रिय स्काउटलाई महामारी तथा विपत्का बेला मात्र स्काउटलाई देख्ने प्रवृत्ति रहेको बताउनुभयो । अनुशासन तथा नैतिकता अहिलेको मानिसमा शुन्य रहेको उहाँले औंल्याउनुभयो । स्काउट एक्लो नभएको बनियाँले जानकारी गराउनुभयो । भावी निति, योजना तथा कार्यक्रम नेपाल स्काउटले स्पष्ट रुपमा ल्याउन सके उपमहानगरले सहयोग गरिने प्रतिबद्वता जनाउनुभयो ।
नेपाल स्काउटका आयुक्त बेली थापाले बालबालिका र युवाहरुमा नैतिकता तथा अनुशासनको खडेरी परेको बताउनुभयो । जसकारण शान्तिका दुत स्काउट भएकाले १० वटा स्थानीय तहमा विद्यालय र प्रशासनलाई अनुशासित गराउनसँगै प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्न बजेट आवश्यक रहेको जानकारी गराउनुभयो । स्काउट नम्र, जिउँदाको छुट्टै पहिचान र इतिहास भएकाले युवा जगतलाई जिम्मेवार बनाउन दिर्घ सहयोग खाँचो रहेको बताउनुभयो ।
यसैगरी स्काउटका प्रशिक्षक अशोक शारु मगरले नियमित कार्यालय उद्घाटनसँगै ७१औं स्थापना दिवस मनाइरहँदा करिव ९ सय स्काउट लिडरहरु विस्थापित भएको जानकारी गराउनुभयो । स्थापना दिवसमा अत्यन्त न्युन संख्यामा स्काउट लिडरहरुको मात्र उपस्थिति रहेको बताउनुभयो । जसकारण अब सुस्ताएको स्काउटिङलाई द्रुत गतिमा अघि बढाइने बताउनुभयो । नेपाल स्काउट बागमती प्रदेशका संयोजक शिवराज अर्यालले बालज्योति माविकै प्राङ्गणमा स्काउटको कार्यालय उद्घाटन गरिरहँदा सोही विद्यालयमा स्काउटर विद्यार्थी नहुनु दुखत विषय भएको बताउनुभयो । आर्थिक समस्याकै कारण स्काउटर विद्यार्थीको विकास गर्न नसकिएको अवस्थामा एक सय ३२ जना विद्यार्थीलाई स्काउटको पोशाक आफूले व्यवस्था गरिने प्रतिवद्वता जनाउनुभयो । स्काउटर विद्यार्थीको विकासका लागि विद्यालयले जिम्मेवारी लिनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा हेटौंडा—५ का वडाध्यक्ष सुशिल घिमिरे, हेटौंडा उपमहानगरापालिका शिक्षा विकास महाशाखाका प्रमूख गंगाधर रिमाल, स्काउटर प्रशिक्षकहरु विष्णु श्रेष्ठ, किशोर श्रेष्ठ, महेन्द्र रानामगर, बिमल खत्री, ईश्वर लामिछाने, बालज्योति माविका प्राधानाध्यापक भरत अर्याल लगायतको उपस्थिति रहेको थियो ।











