रक्तदान गर्दै रक्तदाताहरु ।

हेटौंडाः आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शनिबार हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । हेटौंडाको बुद्धचोकमा “गरौं योग, रहौं निरोग” भन्ने नाराका साथ पतञ्जली योग जिल्ला समिति मकवानपुरले रक्तदान कार्यक्रम अयोजना गरेको हो ।

कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् । संकलन भएको रगत रक्तसंचार केन्द्र हेटौंडामा राखिएको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले जानकारी दिनुभयो ।