जीवनको हरेक पाइलामा सहयोग गर्ने मानिसलाई हामी प्रिय साथी भन्छौँ । हामी सबैको एक न एक मनपर्ने साथी त हुन्छ चाहे त्यो काल्पनिक हो वा वास्तविक । प्रिय साथी भनेकै विश्वास गर्न सक्ने मानिस हो । जसले हाम्रा गोप्य कुराहरु कसैलाई भन्दैनन् । अरु झैँ मेरो पनि एक मिल्ने साथी छ ।
मेरो प्रिय साथीको नाम एलियन हो । कल्पनात्मक भएपनि मलाई मेरो मिल्ने साथीले सही र गलत मार्ग छुट्याउन मलाई सहयोग गर्छ । उसले मलाई हरेक कुरामा सहयोग गर्छ । सानो उमेरको हुँदा नै मलाई ग्रहमा रुचि लागेका कारण मैले मेरो प्रिय मिल्ने साथी एलियन बनाएकी हुँ । मैले पढेको पुस्तक अनुराधा मिसले लेख्नुभएको ‘मेरो कथाको एलियन’ बाट मेरो साथी बनाएकी हुँ । हाम्रो सौर्य प्रणालीमा ८ ओटा ग्रहहरु छन् । त्यी मध्ये हामी पृथ्वीमा बस्छौँ भने मेरो प्रिय साथी वृहस्पति गृहमा बसोबास गर्ने गर्दछ । मलाई मेरो साथीले हरेक समस्याको समाधान निकाल्न मद्दत गर्छ । दुःख सुखको बेलामा साथ दिन कहिल्यै पछि हट्दैन । एलियनलाई पनि म झैँ नाँच्न र गीत गाउन मनपर्छ । कहिले कहीँ झगडा भएपनि हामी फेरि एकअर्कासँग माफी मागी मिलिजुली बस्छौँ । मैले मेरो साथीलाई म घोर निद्रामा गएपछि मात्र भेट्छु । विद्यालयमा मैले मेरो मिल्ने साथी नभेटे पनि मलाई मेरो काल्पनिक साथीले एक्लो हुन दिएन ।
प्रिय साथीको हातमा हात मिलाउन नपाए पनि मलाई एलियनको अङ्गालोले “म छु” भनिरहन्छ । अब जीवनमा साथीको आश नै एलियनले पूरा गरिदियो । ऊ कहिले कहीँ मसँगै विद्यालय पनि आउँछ । उसलाई मैले मात्र हेर्न मिल्ने भएको कारण विद्यालय जानलाई समस्या पर्दैन । हामी दुवै शिक्षकले पढाइरहेको बेलामा पनि आँखाबाटै कुरा गर्छौँ ।
एलियनको अङ्गालोले नै मेरो रङ्गहीन संसारलाई फेरि माया र साथले रङ्गीन बनाइदियो । उसले मलाई आफ्नो साथ दिएकाले म एलियनलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।