Home मुख्य समाचार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरणपछि सामुहिक तस्बिर ।

हेटौंडाः दारी ग्याङले हेटौंडा–१ स्थित बाराही आधारभूत विद्यालयका विद्यार्थीलाई शनिबार शैक्षिक सामग्री सहयोग गरेको छ । विपन्न तथा जेहेनदार २० बालबालिकालाई स्कुल व्याग तथा शैक्षिक सामग्री वितरण गरिएको हो । शैक्षिक सामग्री पाएपछि खुशी हुँदै विद्यार्थीले आफूहरु अझ थप मिहिनेत गरेर अध्ययन गर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमलाल स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा दारी ग्याङ मकवानपुरका संयोजक अजित खड्का, सदस्यहरु राजन दुलाल, उत्सव दाहाल, मुस्कान वाग्ले, विकास शर्मा, निरञ्जन बर्तौला, प्रधानाध्यापक मञ्जु देवकोटा, शिक्षक बिन्दु अधिकारीको आतिथ्य रहेको थियो । दारी ग्याङका मुस्कान वाग्लेको संयोजनमा भएको कार्यक्रममा समूहका निरञ्जन बर्तौलाले ७२ थान कपीहरु सहयोग गर्नुभएको थियो ।

Exit mobile version