एक विद्यार्थीको आँखा परीक्षण गरिँदै ।

हेटौंडाः हेटौंडा–९ स्थित कृष्ण आदर्श इंग्लिस बोर्डिङ स्कूलमा शुक्रबार निशूल्क आँखा स्वास्थ्य शिविरको आयोजना गरिएको छ । रोट्र्याक्ट क्लब अफ हेटौंडा र शान्ति अप्टिकल सेन्टरसँगको सहकार्यमा निशूल्क आँखा शिविरको आयोजना गरिएको हो । शिविरमा विद्यार्थी, अभिभावकसँगै स्थानीयले पनि आँखाको परीक्षण गराएका थिए ।

कुल ५ सय ५० जनाको आँखाको परीक्षण गरिएकोमा २४ जनाको आँखा समस्या देखिएको विद्यालयले जनाएको छ । शिविरमा औषधी पनि निशूल्क वितरण गरिएको थियो । डा. ऋतिक भट्टराई नेतृत्वको टोलीले आँखाको स्वास्थ्य जाँच गरेका थिए । विद्यालयले विद्यार्थी, अभिभावक र स्थानीय समुदायको लाभका लागि शिविरको आयोजना गरिएको जानकारी दिनुहुँदै विद्यालयका प्रिन्सीपल नवीन केसीले आगामी दिनमा अरु पनि स्वास्थ्य समस्यालाई लक्षित गरेर पनि शिविरको आयोजना गरिने जानकारी दिनुभयो ।