Home कला कोरोना भाइरस सन्दर्भमा दीपक गौतमका तीन मुक्तक

कोरोना भाइरस सन्दर्भमा दीपक गौतमका तीन मुक्तक

दीपक गौतम, अध्यक्ष, झरना साहित्यिक परिवार

कोरोना भइरसको त्रासले विश्व समुदाय नै शान्त छ । संसारका अरबौं नागरिक गृहबन्दी भएका छन् । यो संकटमा स्वास्थ्य उपचारसँगै सचेतनामा सबैको भूमिका रहन्छ । यसै सन्दर्भमा झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमले तयार पार्नुभएको कोरोना सचेतनासम्बन्धी तीन मुक्तकः
(१)
मान्छे सबै त्रसित भए कोरोनाको कारण
घरभित्रै आश्रित भए कोरोनाको कारण
समयमै सजग सचेत बन्न नसक्नाले
लाखौँ मान्छे ग्रसित भए कोरोनाको कारण ।
(२)
सङ्कट यस्तो आउनुमा मान्छे दोषी छ
दुःखकष्ट पाउनुमा मान्छे दोषी छ
कोभिड–१९ को महामारी सायद यस्तो हुँदैनथ्यो
संसारभरि छाउनुमा मान्छे दोषी छ ।
(३)
साबुनपानीले धोऔँ हात कोभिडबाट बच्ने भए
रोकौँ हुलमुल भेटघाट कोभिडबाट बच्ने भए
रचनात्मक काम गरौँ घरभित्रै बसीबसी
सरकारलाई दिऔँ साथ कोभिडबाट बच्ने भए ।

Exit mobile version