हेटौंडाः हेटौंडा–१९ बस्तिपुरमा गएराति लागु पदार्थ नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फइरीङ गरेको छ । लागु पदार्थ विक्रीवितरण भएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिने क्रममा प्रहरी माथी नै आक्रमण भएको थियो ।
प्रहरीलाई ह्यान्ड नकले आक्रमण गरेपछि प्रहरीले आफ्नो सुरक्षाकोलागि पेस्तोलले एक राउन्ड हवाई फाईरीङ गरेको थियो । लागु पदार्थसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–३ बस्ने ३४ वर्षिय रवि घलान र सोहि स्थानमा बस्ने ३० वर्षिय विनोद बल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट लागू औषध वानरेक्स ३४ पिस फेलापारी बरामत गरेको छ । लागु पदार्थसहित नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।
