हेटौंडाः बागमती प्रदेश सरकारले १५ औं गणतन्त्र दिवस औपचारिक कार्यक्रम गरी मनाएको छ । मुख्यमन्त्री कार्यालयको परिसरमा आयोजित कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले सम्मान गारतसहित गणतन्त्र दिवस २०७९ लेखिएको व्यानरसहितको बेलुन उडाएर औपचारिक कार्यक्रम भएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्य रहेको थियो । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा बागमती प्रदेश सभाका सभामुख सानू कुमार श्रेष्ठको पनि आतिथ्य रहेको थियो । कार्यक्रममा प्रदेशका मन्त्री, विभिन्न सरकारी निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरूको उपस्थिती रहेको थियो ।