हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारमा १० दिने विपश्यना शिविर सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको शिविर जेठ २४ गतेसम्म सञ्चालन हुनेछ । कारागार व्यवस्थापन विभागको आयोजनामा शिविरको सञ्चालन गरिएको भिमफेदी प्रहरी कार्यालयले जनाएको छ ।
भिमफेदी कारागार भित्र रहेका कैदीबन्दी, प्रहरी, कारागार प्रशासक शिविरमा सहभागी छन् । कारागारमा रहेका कैदीबन्दीलाई लक्षित गरी ध्यान शिविरको आयोजना गरिएको हो । कैदीबन्दीको आचरणमा सुधार ल्याउन र सकारात्मक कार्यमा प्रेरित गराउन ध्यान शिविरको आयोजना गरिएको हो । ध्यान शिविरको उद्घाटन कार्यक्रममा भीमफेदी गाउ“पालिकाका अध्यक्ष हिदम लामाको पनि उपस्थिति रहेको थियो ।