हेटौंडाः हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसका विष्णु बहादुर दाहाल विजयी भएका छन् । बुधबार दिउँसो सकिएको मतगणनाअनुसार १ हजार १ सय ८२ मतसहित दाहाल अध्यक्षमा विजयी भएका हुन् । दाहालका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विश्वराज राईले १ हजार १ सय ४८ मत पाए ।
वडा सदस्यमा नेपाली नेपाली कांग्रेसका विजय पौडेल, नेकपा एमालेका लेखराज ढकाल, सरिता सापकोटा र मुना बिश्वकर्मा विजयी भएका छन् । ४ हजार ७ सय ३० मतदाता रहेको वडामा ३ हजार ५ सय ४३ मत खसेको थियो ।
यसअघि हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १ मा सविन न्यौपाने, २ मा विष्णुगोपाल महर्जन, ३ मा ढलक बहादुर थापा विजयी भइसकेको छन् । तीनैजना नेपाली कांग्रेसका उम्मेदवार हुन् । यस्तै हेटौंडा–१८ र १९ मा नेकपा एमालेका उम्मेदवार क्रमशः अनिल बानियाँ र नरनाथ सुवेदी वडा अध्यक्षमा विजयी भएका छन् ।










