हेटौंडाः मनहरी गाउँपालिका वडा नम्बर ७ मा ठाकुरराम तितुङ विजयी हुनु भएको छ । नेपाली कांग्रेसका उम्मेदवार तितुङले वडा अध्यक्षमा एक हजार ४ सय ८९ मतसहित कांग्रेसको प्यानल नै विजयी भएको छ ।
अर्का अध्यक्षका प्रत्यासी नेकपा एमालेका नारायण सिं घिसिङले ८ सय २१, माओवादी केन्द्रका खुशी लाल मोक्तानले ३ सय ५० मत प्राप्त गरेका छन् । यस्तै, वडा सदस्यहरुमा नेपाली कांग्रेसका नवराज सुवेदी(१३७५), कमल बहादुर बस्नेत(१३५४), महिला सदस्यमा नेपाली कांग्रेसकी राधा देवी पाठक(१३५३) र दलित महिला सदस्यमा बिमला सुनार(१३८९) विजयी भएका छन् ।











