हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा भागवत घिमिरे विजयी भएका छन् । नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेदवार घिमिरे ९ सय ४३ मतसहित विजयी भएका हुन् ।
अध्यक्षका प्रत्यासी नेकपा एकीकृत समाजवादीका अर्जुन प्रसाद दाहालले ८ सय ८६ मत प्राप्त गर्नुभएको छ । यस्तै, सदस्यहरुमा नेका एमालेका विदुर हुमागाई (१०३०) र प्रेम बहादुर थोकर (९९६) विजय भएका छन् । महिला सदस्यमा नेकपा एमालेकी मञ्जु कुमारी गोले योन्जन (१०१३) र दलित महिला सदस्यमा नेकपा एमलेकी बिमला सुनार (९९६) विजय भएका छन् ।










