Home मुख्य समाचार मकवानपुरगढी–६ मा कृष्ण बजगाई विजयी

मकवानपुरगढी–६ मा कृष्ण बजगाई विजयी

कृष्ण बजगाई

हेटौंडाः स्थानीय तहको निर्वाचनअन्तर्गत मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा कृष्ण बजगाई विजयी भएका छन् । सोमबार साँझ सार्वजनिक मतपरिणाम अनुसार नेपाली काङ्ग्रेसका उम्मेदवार बजगाई ८ सय ५१ मतसहित वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्ष पदका अर्का प्रत्यासी नेकपा एमालेका टिकाप्रसाद दाहालले ८ सय १ मत पाएका थिए । यस्तै मतगणनाको परिणाम अनुसार १ नम्बर वडामा नेपाली काङ्ग्रेसका आईत सिङ लो, २ नम्बर वडाका नेपाली काङ्ग्रेसका बखान सिङ पाख्रिन, ७ नम्बर वडामा नेपाली काङ्ग्रेसका सूर्य बहादुर रुम्बा र वडा नम्बर ८ मा कुमार सिं घिसिङ विजयी भएका थिए ।

Exit mobile version