Home मुख्य समाचार मनहरी–५ मा दीपेन्द्र विजयी

मनहरी–५ मा दीपेन्द्र विजयी

विजय जुलुसमा अध्यक्ष दीपेन्द्र अधिकारी ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ मा दीपेन्द्र अधिकारी विजयी भएका छन् ।

सोमबार दिउँसो सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार दीपेन्द्र ७ सय ६२ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्र अर्यालले ५ सय ७३ मत पाउँदा नेकपा एमालेका उम्मेदवार किशोर बर्ताैलाले ५ सय २१ मत प्राप्त गर्नुभएको थियो । यसैगरी वडा सदस्यमा सरला थापा, सञ्जीता परियार, हीरालाल पाख्रिन र बुद्धिबहादुर स्याङ्तान विजयी भएका छन् ।

यसअघि मतगणना सकिएका वडाहरु मनहरी–१ मा नेपाली कांग्रेसका उम्मेदवार शिवराज खनाल, मनहरी–२ मा नेकपा माओवादी केन्द्रका राजकुमार पाख्रिन, मनहरी–३ मा नेपाली कांग्रेसका अनन्त प्रकाश अर्याल, मनहरी–४ मा माओवादीका केन्द्रका प्रकाश थापा वडा अध्यक्षमा विजयी भएका छन् ।

Exit mobile version