Home मुख्य समाचार हेटौंडा–३ मा कांग्रेस अगाडी

हेटौंडा–३ मा कांग्रेस अगाडी

हेटौंडाको मतगणना गर्दैै गणकहरु ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ मा १ हजार २२ मत गणनाको नतिजा सार्वजनिक गरिएको छ । हालसम्म गणना गरिएको मत अनुसार नेपाली कांग्रेस अगाडी देखिएको छ ।

वडा अध्यक्षमा नेपाली कांग्रेसलाई ४ सय ८०, नेकपा एमालेलाई २ सय ९२, माओवादी केन्द्रलाई १ सय ७२ र राप्रपालाई २९ मत प्राप्त भएको छ । यस्तै, मेयर पदमा नेकपा समाजवादीलाई ३ सय ९५, नेकपा एमालेलाई १ सय ९३ र राप्रपालाई २ सय ८० मत प्राप्त भएको छ । उपमेयरमा नेपाली कांग्रेस अग्र स्थानमा देखिएको छ । उपमेयरमा नेपाली कांग्रेसलाई ५ सय २७, नेकपा एमालेलाई २ सय ६६ र राप्रपालाई ६४ मत प्राप्त भएको छ । मत गणना जारी रहेको छ ।

Exit mobile version