हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ को मत गणना सुरु भएको छ । वडा नम्बर १७ को एकसय मत गणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
वडाध्यक्षमा एक सय मत गणना हुँदा नेपाली कांग्रेसले २९, नेकपा एमालेले २५, माओवादी केन्द्रले १७ र राप्रपाले ३ मत प्राप्त गरेका छन् । यस्तै, एकसय मत गणनामा मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवार नेकपा समाजवादीलाई ३६, राप्रपालाई २७ र नेकपा एमालेलाई २३ मत प्राप्त भएको छ । त्यसैगरी, उपमेयरमा नेपाली कांग्रेसलाई ४२, नेकपा एमालेलाई २६ र राप्रपालाई ६ मत प्राप्त भएको छ । मत गणना जारी रहेको छ ।
