अन्तिम नतीजा सार्वजनिक भएपछि खुसियाली मनाउँदै ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८ को वडाध्यक्षमा माओवादी केन्द्रका विष्णु नेगी विजयी हुनुभएको छ । सोमबार दिउँसो सार्वजनिक मतपरिणामअनुसार ६ सय ३३ मतसहित नेगी वडाध्यक्षमा विजयी हुनुभएको हो ।

वडा अध्यक्षका अर्का आकांक्षी नेपाली कांग्रेसका सिद्धिमान घलानलाई ५१ मतान्तरले पराजित गर्नुभएको हो । घलानले ५ सय २३ मत प्राप्त गर्नुभयो । वडा सदस्यमा नेकपा माओवादी केन्द्रका वीरबहादुर घलान, दीपकुमारी बिश्वकर्मा र जरीमाया वाईबा निर्वाचित हुँदा नेपाली कांग्रेसका सञ्जयकुमार लोप्चन पनि सदस्यमा विजयी भएका छन् ।

यसअघि बकैया–१ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार आशिष तितुङ, बकैया–२ मा नेकपा माओवादीका विश्वराज स्याङ्तान, बकैया–६ मा नेकपा एमालेका उम्मेदवार फुलबहादुर भोम्जन, बकैया–१० मा नेपाली कांग्रेसकी कमला वाईबा, बकैया–११ मा नेपाली कांग्रेसका गोपाल बहादुर नेसुर, बकैया–१२ मा नेपाली कांग्रेसका ज्ञानेन्द्र बजगाई वडा अध्यक्षमा निर्वाचित भइसकेका छन् ।