हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा लगातार माओवादी केन्द्र विजयी भएको छ । वडा नम्बर १ र २ मा माओवादी केन्द्र लगातार विजय भएको पालिकाका निर्वाचन अधिकृत हरि प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

बागमती– २ को वडाध्यक्षमा जनक पहरिको प्यानलै विजयी भएको छ । गएराती सार्वजनिक मत परिणाममा सर्वाधिक मत ल्याएर पहरीसहित प्यानलै विजय भएको हो । पहरीले ८ सय ३२ मत प्राप्त गर्नुभयो । उहाँ प्रतिस्पर्धीहरु नेपाली कांग्रेसका छविलाल भोम्जनले ७ सय ७ मत र एमालेका घनश्याम राईले ३ सय ९३ मत प्राप्त गर्नुभयो । वडामा २ हजार ७४ मत खसेको थियो ।