हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका सोम बहादुर घलान विजयी भएका छन् । आइतबार दिउँसो सार्वजनिक मत परिणामअनुसार ६ सय ७९ मत ल्याएर घलान वडाध्यक्षमा विजयी भएका हुन् ।
घलानले प्रतिस्पर्धी नेकपा एमालेका सिताराम थापा मगरलाई पराजित गरेका हुन् । थापाले ५ सय १७ मत प्राप्त गरे । वडा सदस्यमा सुमित्रा लामा, बुद्धि बहादुर वाईबा, बन्दना बसेल र विजय लामा विजयी भएका छन् । ६ नम्बर वडामा १ हजार ४ सय २५ मत खसेको थियो । यसअघि भीमफेदी–१ मा नेपाली कांग्रेसका सोमबहादुर स्याङ्तान, २ नम्बर वडामा नेकपा एमालेका काशिराम बज्यु, ३ नम्बर वडामा नेकपा माओवादीका प्रितम लामा, ४ नम्बर वडामा नेकपा एमालेका सागर पाण्डे र ५ नम्बर वडामा नेकपा एमालेकै जहार सिं लामा विजयी भएका छन् ।











