ईन्द्रसरोवर–३ मा निर्वाचित भएपछि खुसियाली मनाउँदै ।

हेटौंडाः मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १, २ र ३ मा मतगणना सकिएको छ । हिजो शनिबार साँझ १ र २ नम्बर वडाको र आज आइतबार बिहान ३ नम्बर वडाको मतपरिणाम सार्वजनिक भएको निर्वाचन अधिकृत मुरारी वस्तीले जानकारी दिनुभयो ।

ईन्द्रसरोवर–१ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका सुवास थापा मगर विजयी भएका छन् । थापाले ७ सय ५३ मत प्राप्त गरे । सुवासका प्रतिस्पर्धी नेकपा एमालेका राजु बस्नेतले ५ सय ९४ मत प्राप्त गरेका छन् । १ नम्बर वडामा १ हजार ९ सय मत खसेको थियो ।

यस्तै २ नम्बर वडाध्यक्षमा नेपाली काङ्ग्रेसका सुमन श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १ हजार १ सय २० मत प्राप्त गरे । सुमनका प्रतिस्पर्धी नेकपा एमालेका वैकुण्ठ थापा मगरले ७ सय ५८ मत प्राप्त गरे । २ नम्बर वडामा २ हजार १ मत खसेको थियो ।

यस्तै ३ नम्बर वडाध्यक्षमा नेकपा एमालेका प्रताप भोम्जन विजयी भएका छन् । भोम्जन १ हजार १ सय ७६ मतसहित वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका कृष्ण कुरीले ६ सय ७९ मत प्राप्त गरे । ३ नम्बर वडामा २ हजार १ सय ३७ मत खसेको थियो ।