सांकेतिक तस्विर ।

हेटौंडाः जिल्ला अदालत मकवानपुरले हेटौंडा–१५ का अनिसा राईमाथि छुरा प्रहार गर्ने हेटौंडा–२ का सिर्जन यादवलाई पुर्पक्ष लागि थुनामा पठाइएको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधिश कमलराज विष्टको इजलासले यादवलाई पुर्पक्षका लागि थुनामा पठाइएको नायव सुब्बा विनोद ढकालले जानकारी दिनुभयो ।

नायब सुब्बा ढकालका अनुसार यादव के–कति धरौटीमा छुट्ने भन्ने फैसला भएको छैन । यादवविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता भएको थियो । यादवले गत चैत ११ गते हेटौंडा–८ कमानेमा राईमाथि छुरा प्रहार गरेका थिए ।