हेटौंडाः स्थानीय तह सदस्य निर्वाचनको लागि राक्सीराङ गाउँपालिकाको मत गणना गरिने स्थान तोकिएको छ । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, सदस्य, महिला सदस्य, दलित महिला सदस्य पदको निर्वाचनको लागि भएको मतदानको मतगणना राक्सीराङको चैनपुरमा गरिने निर्णय भएको छ ।

राक्सीराङ वडा नम्बर ५ को चैनपुरमा रहेको प्रजा जागृति आधारभूत विद्यालयमा मत गणना हुने निर्णय भएको निर्वाचन अधिकृतको कार्यालय राक्सीराङले सूचना सार्वजनिक गरी जानकारी दिएको छ । सबै मतदान केन्द्रमा मतदान भई मतपेटिका प्राप्त भएपछि मतगणना गरिने मिति र समय प्रकाशन गरिने राक्सीराङ गाउँपालिकाका निर्वाचन अधिकृत गोपाल प्रसाद कँडेलले जानकारी दिनुभयो ।