हेटौंडाः मकवानपुरमा चालु आर्थिक वर्षकोे साउन महिनादेखि चैत मसान्तसम्म मकवानपुर प्रहरीले २ हजार केजीभन्दा बढी लागु औषध गाँजा बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानहरुबाट प्रहरीले आठ महिनामा २ हजार १८ केजी गाँजा बरामद गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै साउनदेखि चैत मसान्तमा प्रहरीले २० किलो चरेस, ४७ ग्राम खैरो हेरोइन, ६ किलो अफिम, डाइजेपाम ८ सय १६ ट्याबलेट, फेनोरागन ८ सय २७ ट्याबलेट र ८ सय ३५ ट्याबलेट नोर्फिन बरामद गरेको छ । लागुऔषध ओसारपसारमा संलग्न १ सय ४९ जना पुरुष, ५ जना महिला र ९ भारतीय नागरिकहरुलाई प्रहरी नियन्त्रणमा लिएको तथ्याङ्क छ ।