हेटौंडाः नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको ३४ औं वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रममा आश्रितका लागि एक छाक खानाका लागि २ लाख २० हजार रुपैयाँ सहयोग गरेको छ । मानवसेवा आश्रमको देशका १८ जिल्लामा रहेका २२ वटा सेवा केन्द्रमा आश्रितलाई एक छाक खाना खुवाउन लाग्ने खर्च वापत २ लाख २० हजार रुपैयाँ सहयोग गरिएको हो ।

मंगलबार महासंघका पदाधिकारीहरु हेटौंडास्थित मानवसेवा आश्रमको मुख्य कार्यालयमा पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् । मानवसेवा आश्रमका अभियन्ता होमनाथ पोडेलका अनुसार महासंघका अध्यक्ष मन्जिल बाबु मास्केको नेतृत्वमा आएको एक समूहले सहयोग रकम हस्तान्तरण गरेको हो ।