हेटौंडाः हेटौंडा—९ मा रहेको मानवसेवा आश्रमको मुख्य कार्यालयमा फिजियोथेरापी सेवा सुरु भएको छ । शारीरिक रुपमा अशक्त हुनुभएका तथा मानवसेवा आश्रमको संरक्षणमा रहनुभएका व्यक्तिहरुको स्वास्थ्य सुधारको लागि मंगलबारबाट फिजियोथेरापी सेवा सुरुवात भएको हो ।

छुट्टै फिजियोथेरापी कक्षको व्यवस्थापन गरि फिजियोथेरापी सेवा सन्चालन भएको मानवसेवा आश्रमका अभियान्ता होमनाथ पौडेलले जानकारी दिनुभयो ।फिजियोथेरापी कक्ष निर्माणका लागि सामाजिक अभियान्ता सुदर्शनप्रसाद अधिकारीले ५ लाख रुपैयाँ सहयोग गर्नुभएको थियो । उक्त फिजियोथेरापीको लागि ल्याइएका सामानहरुको उचित व्यवस्थापन र प्रयोगका लागि अधिकारी आफैँले पारिश्रमिक उपलब्ध गराउने गरि एक जना फिजियोथेरापिष्टको व्यवस्था समेत गर्नुभएको छ ।