हेटौंडाः लक डाउनको आज पाँचौं दिन पनि देशभरको जनजीवन शान्त छ । सर्वसाधारण घरबाट बाहिर निस्किएका छैनन् । सर्वसाधारणलाई घर भित्रै रहन संघीय, प्रदेश र स्थानीय सरकारले आव्हान गरेअनुसार सर्वसाधारण घरभित्रै बसेका छन् ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमबाट बच्नका लागि सरकारले गरेको आव्हानबाट मकवानपुरको जनजीवन पनि प्रभावित बनेको छ । मकवानपुरको सहरी तथा ग्रामीण क्षेत्रमा सर्वसाधारण घरमै छन् । छिटपुट रुपमा केही मानिसहरु दैनिक उपभोग्य वस्तुको खरिदका लागि बिहान/साँझ घरबाहिर निस्किरहेका छन् । प्रहरी प्रशासनले सर्वसाधारणलाई घरभित्रै रहन कडाई गरेको छ ।