Home मुख्य समाचार हेटौंडामा दुईजना आइसोलेसनमा, दुबैजनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो

हेटौंडामा दुईजना आइसोलेसनमा, दुबैजनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो

हेटौंडा–४, कर्रास्थित श्रमिक माविको भवन, जहाँ आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) का लक्षणसँग मेल खाने स्वास्थ्य समस्या भएका दुईजना हेटौंडा क्वारेन्टाइनमा राखिएका छन् । हेटौंडा–४, कर्रास्थित श्रमिक माविमा तयार पारिएको आइसोलेसन कक्षमा एकजनालाई राखिएको छ भने अर्का एक व्यक्ति आफैं चिकित्सक भएकोले उनी घरमै आइसोलेसनमा बसेको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य उपप्रमुख भोला चौलागाईले जानकारी दिनुभयो । उनीहरुको स्वाब (घाँटीको र्याल) परीक्षणका लागि काठमाडौं पठाइएको पनि चौलागाईले जानकारी दिनुभएको छ । स्वाब परीक्षणका लागि एम्बुलेन्समा काठमाडौं पठाइएको हो । कोरोनाको लक्षण आशंका गरिएका दुबैजना पुरुष भएको हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठले बताउनुभयो ।

Exit mobile version