हेटौंडाः आसन्न स्थानीय तहको निर्वाचन कार्यक्रमअन्तर्गत बैशाख ११ र १२ गते मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा उम्मेदवारी दर्ता गराएका मध्ये ८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

गाउँपालिका अध्यक्ष पदका उम्मेदवार २ जना, वडा अध्यक्ष पदका उम्मेदवार ४ जना र वडा सदस्यका उम्मेदवार २ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारी फिर्ता लिनेमा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार कुन्साङ लामा र दीपक कुमार ठकुरी, २ नम्बर वडा अध्यक्षको उम्मेदवार रत्नबहादुर थापा मगर, ३ नम्बर वडा अध्यक्षको उम्मेदवार राजन कुमार ठकुरी, ४ नम्बर वडा अध्यक्षका उम्मेदवार सिंगा बहादुर लामा र ५ नम्बर वडा अध्यक्षको उम्मेदवार राजन लामा, २ नम्बर वडा सदस्यको उम्मेदवार अरुण तामाङ र ५ नम्बर वडा सदस्यको उम्मेदवार ईनोद कुमार लामा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।