हेटौंडाः बागमती प्रदेश सरकारले हेटौंडा–४, कर्रास्थित श्रमिक माविको नवनिर्मित भवनमा आइसोलेसन कक्ष तयार पारेको छ । भेन्टिलेटरसहित ४ सैय्याको आईसीयु कक्षसहित ३० सैय्याको आइसोलेसन कक्ष तयार भएको हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठले जानकारी दिनुभयो ।
कोरोना भइरसको संक्रमणको आशंका भएका विरामीलाई आइसोलेसनमा राखेर उपचार समेत गर्ने सुविधा तयार भएको डा. श्रेष्ठको भनाइ छ । उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका लागि लगाइने पोशाक दुई थान सहित सबै तयारी पूरा भएको डा. श्रेष्ठले बताउनुभएको छ ।