हेटौंडाः नेकपा एकीकृत समाजवादीको अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन हुनु भएको छ । बुधबार नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेपश्चात् पार्टीको बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्य एवम् जिल्ला सह इन्चार्ज न्यौपानेलाई अध्यक्ष चयन गरेको हो । बुधबार पार्टी अध्यक्ष पोखरेलसहित सचिवालय सदस्यहरुले पार्टी परित्याग गरेका थिए ।