हेटौंडाः हेटौंडा १० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा बुधबार २ जनाले स्वाब संकलन गराएका छन् ।

कोरोना भए नभएको थाहा पाउन २ जना पुरुषले स्वाब संकलन गराएका हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो । संकलन भएका स्वाब नमुनाहरु कोरोना परिक्षणका लागि हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको उहाँले बताउनुभएको छ ।