हेटौंडाः स्थानीय तह निर्वाचन २०७९ को लागि हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि २१ जनाले र उपमेयर पदका लागि ११ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले तय गरेको मनोनयन दर्ता अवधिमा आईतबार र सोमबार मेयर र उपमेयर पदका आकांक्षीहरुले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।

मेयर पदका लागि नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट अनन्त प्रसाद पौडेल, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट मीना कुमारी लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिपक बहादुर सिंहले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, जनता समाजवादी पार्टी नेपालको तर्फबाट दीपा लामा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट संजिव खराल, नेपाल मजदुर पार्टीबाट रमेश मान सिंहले मनोनयन दर्ता गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी(माक्र्सवादी लेलिनवादी)बाट केशव घर्ती, नेपालका लागि नेपाली पार्टीबाट मुकुन्द प्रसाद आचार्य, मौलिक जरोकिलो पार्टीबाट सृजना बर्तौला, सचेत नेपाली पार्टीबाट राम प्रसाद गौतम, नेपाल कम्युनिष्ट पार्टी(समाजवादी)बाट रोमनात भूर्तेल, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्या कुमार भट्टराईले मनोनयन दर्ता गरेका छन् ।

यस्तै, मेयर पदका लागि ९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । संजय खरेल, सुरक्षा रिजाल, पुरुषोत्तम रुपाखेती, कविराज पाठक, प्रदिप ढकाल, देवराज पौडेल, लिला कुमारी आचार्य, विश्वनाथ पाण्डे, उत्तम कुमार दुलालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । यता हेटौंडा उपमहानगरपालिकाको उपमेयरका लागि नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट सुमित्रा काफ्ले, नेपाली काँग्रेसबाट राजेश बानिया, जनता समाजवादी पार्टीबाट हरिहर खतिवडा, लोकतान्त्रिक समाजवादी पार्टीबाट नानीमैया श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इन्दिरा न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी(माक्र्सवादी लेलिनवादी)बाट अम्बिका लामिछाने, मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)बाट मख कुमारी तिमल्सिना, जनजागरण पार्टी नेपालबाट शिव कुमारी पाठकले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, उपमेयरका लागि २ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सुरज पाण्डे र ध्रुव प्रसाद दाहालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।