हेटौंडाः मकवानपुरका ४ पालिकामा नेपाल बुद्धिजीवी परिषद्को तदर्थ समिति गठन भएको छ । शनिबार एकैसाथ तीन पालिकामा परिषद्को तदर्थ समिति गठन भएको छ भने सोमबार भीमफेदीमा परिषद्को तदर्थ समिति गठन गरिएको थियो ।

परिषद्को शनिबार सम्पन्न भेलाबाट मकवानपुरगढी गाउँपालिकाको संयोजकमा कृष्ण पोखरेल चयन हुनुभएको छ । भेलाले पोखरेलको संयोेजकत्वमा तदर्थ समिति चयन गरेको हो । समितिको सचिवमा शम्भुप्रसाद हुमागाई, सदस्यमा रामशरण लामिछाने, गायत्री सञ्जेल, गोविन्द शर्मा तिमल्सिना, भुवन तिमल्सिना र मधुसुदन देवकोटा चयन हुनुभएको छ । नेपाल बुद्धिजीवी परिषद् मकवानपुरका सचिव संगम चौलागाईको अध्यक्षता तथा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतिथ्यमा भेला भएको हो ।

यसैगरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा शनिबार नै भएको भेलाले सहदेव रिमालको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति चयन गरिएको छ । नेपाल बुद्धिजीवी परिषद् मकवानपुरका उपाध्यक्ष घनश्याम घिमिरेको अध्यक्षता तथा नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य भोजराज ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले सचिवमा सरोज थापा मगर, सदस्यमा जुनेली थापा, सुदीप थापा, सुदीप थापा मगर, राम स्याङ्तान, संरचना शर्मा पुडासैनी, लक्ष्मी रिमाल र अरुण थापा चयन हुनुभएको छ ।

शनिबारनै बागमती गाउँपालिकामा भएको भेलाले मेजरमान लोप्चनको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ । नेपाल बुद्धिजीवी परिषद् मकवानपुर जिल्ला कमिटीका सदस्य कैलाश धितालको अध्यक्षता तथा सचिवालय सदस्य सविता लामिछानेको प्रमुख आतिथ्यमा भएको भेलाले परिषद्को सचिवमा दिपेश परियार, सदस्यमा रिना लामा, सागर थापा गौतम, होमबहादुर थापा, जशवीर सिन्तान, राजेन्द्र गोले, सर्वज्ञराज खरेल, मानबहादुर लामिछाने, सानुबाबु थापा र रामचन्द्र सिन्जाली चयन गरेको छ ।

यसअघि सोमबार भीमफेदीमा रञ्जीत राज बानियाँको संयोजकत्वमा ९ सदस्यीय परिषद् चयन गरेको थियो । परिषद्को सचिवमा सरिना घिसिङ, सदस्यमा ईश्वर बर्तौला, अमृता भट्ट, कल्पना दुलाल, जीवन लामा, सुदीप पराजुली, सरोज लामा र अर्जुन थापा मगर चयन भएका छन् । नेपाल बुद्धिजीवी परिषद् मकवानपुर जिल्ला कमिटीको सचिवालय सदस्य तथा भिमफेदी गाउँपालिका इन्चार्ज सविता लामिछानेको सभाध्यक्षता तथा परिषद्का जिल्ला उपाध्यक्ष घनश्याम घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा परिषद्का जिल्ला सचिव संगम चौलागाई, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका उपाध्यक्ष कृष्णप्रसाद पौडेल, सचिब मुकुन्द न्यौपाने र नेकपा एमाले भीमफेदी गाउँपालिका अध्यक्ष सानू कुमार थापाको समेत आतिथ्य रहेको थियो ।