हेटौंडाः हेटौंडा—९ मा रहेको मानवसेवा आश्रमले चैत महिनामा ४ जनालाई पारिवारिक पुनर्मिलन गराएको छ । मनहरीकी मनिता, झापाकी विनिता विश्वकर्मा, दमकका पित बहादुर कार्की र चितवनकी बिमला खनाललाई पारिवारिक पुनर्मिलन गराएको मानवसेवा आश्रम मकवानपुरका अभियान्ता होमनाथ पौडेलले जानकारी दिनुभयो ।

शारीरिक तथा मानसिक रुपमा बिछिप्त अवस्थामा आश्रमले उनीहरुलाई उद्दार गरेको थियो । परिवारको खोजी गर्दा सम्पर्कमा आएकाले पारिवारिक पुनर्मिलन गराउन सफल भएको अभियन्ता पौडेलले बताउनुभयो । यस्तै, चैतमा आश्रमले सडकबाट ६ जनाको उद्दार गरेको छ । मुना घिसिङ, जंग बहादुर खत्री, कृष्ण भुजेल, खुल बहादुर गुरुङ र शंकर देउलाको उद्दार गरिएको उहाँले बताउनुभयो । विश्वभर खुला आकाशमुनि रात बिताउन बाध्यात्मक अवस्थालाई मध्यनजर गर्दै मानवीय धर्म निर्वाह गर्न उद्दार कार्यमा आश्रम क्रियाशिल रहेको छ । “सबैको खाना, नाना र छाना” भन्ने उद्देश्यले आश्रमले काम गर्दै आएको छ । हाल आश्रममा २ सय जना आश्रित रहेका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!