Home कला १३ जना स्रष्टाले गरे रचनावाचन

१३ जना स्रष्टाले गरे रचनावाचन

हेटौंडाः मकवानपुरबाट २०७८ सालमा प्रकाशित कृतिहरुका १३ जना स्रष्टाहरुले शनिबार रचना बाचन गरेका छन् । ३१८औं नियमित साहित्य सन्ध्याको अवसरमा १३ जना स्रष्टाहरुले रचनाबाचन गरेका हुन् ।

“गिलासवाद”का लेखक गोविन्द पौडेल, “आफैँसँग”का रमेशमोहन अधिकारी, “जिन्दगीदेखि जिन्दगीसम्म”का देवराज खरेल, “बुद्धिपुराण”का राजकुमार लामिछानेले आफ्नो कृतिको रचना बाचन गरेका थिए । यस्तै, “मकवानपुरमा मिडिया”का गिरिजा अधिकारी, “जीवन सुत्र”का रामशरण दाहाल, “जिल खाइरहेको एक्काइसौं शताब्दी”की शान्ति प्रियवन्दना, “नयाँ भूमिकामा अभिमन्यु”का ऋषि केबी, “मैले जिउँन जानिन”का मिनप्रसाद लामिछाने, “ऐनाभित्रको आकाश”का माधव पोखरेल, “फर्कियौ किनाराबाट”का विश्वनाथ सन्जेल, “तुइनको बाटो”का छवि अनित्य र “पसनाको आभा”का डीबी बर्तौलाले रचना बाचन गरेका छन् ।

साहित्य संगम मकवानपुरको आयोजनामा भएको कार्यक्रममा संगमका उपाध्यक्ष सानु खनालको सभाध्यक्षता तथा साहित्यकार तुलसी घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा साहित्यकार आरसी रिजाल लगायत साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version