हेटौंडाः जिल्ला फुटबल संघ मकवानपुरको सातौं अधिवेशन तथा साधारणसभा हेटौंडामा सुरु भएको छ । मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाको सभाध्यक्षता तथा जिल्ल्ला खेल्कुद विकास समिती मकवानपुरका अध्यक्ष भेष खड्गीको प्रमुख आतिथ्यतामा अधिवेशन सुरु भएको हो ।

आजको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । आज दिउँसो १ बजेदेखि २ बजेसम्म मतदान समय तोकिएको छ । निर्वाचनको संयोजकमा ईश्वरराज ढकाल रहनुभएको छ। अहिले बन्द सत्र सकिएको छ ।