हेटौंडाः हेटौंडा १० स्थित गोरक्षश्वर स्वाब संकलन केन्द्रमा बिहीबार ४ जनाले स्वाब संकलन गराएका छन् । कोरोेना भए नभएको थाहा पाउनको लागि १ जना महिला र ३ जना पुरुषले स्वाब संकलन गराएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौैलागाईले जानकारी दिनु भएको छ ।
संकलित स्वाब नमुनाहरु कोरोना परीक्षणको लागि हेटौंडा अस्पताल स्थित पीसीआर प्रयोेगशालामा पठाईएको निरीक्षक चौलागाईले बताउनुभयो । निरीक्षक चौलागाईका अनुसार कोरोना संक्रमण दर बढ्ने सम्भावना रहेको उँहाले बताउनु भएको छ ।