Home मुख्य समाचार भीमफेदीका नवीन प्रदेशकै उत्कृष्ट प्रहरी घोषित

भीमफेदीका नवीन प्रदेशकै उत्कृष्ट प्रहरी घोषित

हेटौंडाः इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी सहायक निरीक्षक नवीन बिक्रम थापालाई चैत महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको छ । ईलाका प्रहरी कार्यालय भिमफेदीमा दरबन्दी भई प्रहरी चौकी सुनाचुरी मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक थापाले कार्यालयले सुम्पिएको जिम्मेवारी ईमान्दारीपूर्वक एवम् प्रशंसनीय ढंगबाट सम्पादन गरेको भन्दै बागमति प्रदेश प्रहरी कार्यालयले सवोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको हो ।

चैत महिनामा विशेष सूचना संकलन गरी लागुऔषध ओसारपसारमा संलग्न १४ जनालाई नियन्त्रणमा लिई २ सय ६७ केजि लागुऔषध बरामद गर्नुभएको थियो । यस्तै, प्रहरी थापा अवैध अफिम ५ केजि र एक लाख रुपैयाँ एक थान मोटरसाईकल छाडि फरार भएका कैलाश गाउँपालिका वडा नम्बर २ बस्ने दिलिप कुमार लामालाई पक्राउ गर्न सफल हुनु भएको थियो ।

प्रहरी चौकी सुनाचुरी मकवानपुरको इन्चार्जको रुपमा आफ्नो जिम्मेवारी वडा एरियाको शान्ति, सुरक्षा, अपराध नियन्त्रण एवम् सवारी दुर्घटना न्यूनिकरण गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुभएको थियो । प्रहरी थापाले सम्पादन गरेको कार्यको उच्च मुल्याङ्कन गर्दै अन्य प्रहरीलाई समेत प्रोत्साहन गर्न प्रहरी सहायक निरीक्ष्ँक नविन बिक्रम थापालाई चैत महिनाको उत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको हो ।

Exit mobile version