Home मुख्य समाचार पार्टी कार्यालयमा तालाबन्दी गर्नेलाई कारबाही हुन्छः सभापति लामा

पार्टी कार्यालयमा तालाबन्दी गर्नेलाई कारबाही हुन्छः सभापति लामा

हेटौंडाः नेपाली काँग्रेस जिल्ला कार्यसमिति मकवानपुरका सभापति बुद्ध लामाले पार्टी कार्यालयमा तालाबन्दी गर्नेलाई कारबाही गरिने बताउनुभएको छ । पार्टी कार्यालयमा तालाबन्दी गर्न संलग्न हेटौंडा उपमहानगरपालिका तरुण दलका सभापति सुनिल गिरी र जिल्ला कमिटीका सदस्यहरुलाई विधि र विधान अनुसार कारबाही गरिने उहाँले बताउनुभयो ।

आज मंगलबार सभापति गिरीको नेतृत्वमा हेटौंडा नगरको सभापतिमा काङ्ग्रेसले टिकट पाउनुपर्छ भन्दै पार्टी कार्यलयमा तालाबन्दी गरेको थियो । सभापति लामाले पार्टी कार्यालयमा सबैको कुरा, भावना राख्ने तर पार्टी कार्यालय जस्ता साझा संस्थामा तालाबन्दी लगाउन नहुने बताउनुभयोे । तालाबन्दी लगाउने कामले विपक्षी दललाई हसाउने र पार्टीका कार्यकर्ताको मनोबल घट्ने उहाँको भनाई छ । ‘म पार्टी कार्यालयमा थिइन । तालाबन्दी गरेको कुरा सुनेँ । मैले फोन गरेर किन पार्टी कार्यालयमा तालाबन्दी लगाएको भनेर सोधेका थिए । सभापति लामाले भन्नुभयो, “हेटौंडाको प्रमुखमा काँग्रेसले टिकट पाउँनुपर्छ भन्ने उनीहरुको माग थियो ।”

यसअघि गिरीले पटक–पटक सामाजिक संजालमा पार्टी छोड्ने घोषणा गरेको र अहिले पनि विधि विधान विपरीत काम गरेको उहाँको भनाई छ । उहाँले हेटौंडा उपमहानगरपालिकाको मेयरमा काँग्रेसले नै टिकट पाउनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो । गत स्थानीय तहको निर्वाचनमा पनि हेटौंडाको मेयरका लागि काँग्रेस नेकपा एमालेसँग थोरै मतले पराजित भएको र अहिले काँग्र्र्रेसले जित्ने सम्भावना बलियो भएको उहाँले दाबी गर्नुभयो । उपमहानगरपालिकाका मेयर चयनका लागि केन्द्रले नै निर्णय गर्ने भएकोले केन्द्र अनुसार चल्नुपर्ने उहाँले बताउनुभयो ।

Exit mobile version