दुर्घटनाग्रस्त म्याजिक र स्कुटर ।

हेटौंडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१० राप्तिपुल नजिकै म्याजिक र स्कुटर आपसमा ठोकिँदा एकजना घाइते भएको छ । मंगलबार दिउँसो १२ बजेको समयमा विपरित दिशातर्फबाट आउँदै गरेको ना २३ प ५०३१ नम्बरको स्कुटर र प्रदेश ३–०३–००१ ज ००२४ नम्बरको म्याजिक आपसमा ठोकिएको हो ।

म्याजिकको ठक्करबाट सामान्य घाइते भएका स्कुटर चालकलाई चुरेहिल अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो । घाइते हुनेको पहिचान हुन नसकेको उहाँले बताउनुभयो । अहिले म्याजिक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।