हेटौंडाः सिविन नेपाल मकवानपुरको आयोजनामा मुलुकी अपराध संहिता २०७४ मा बालहिंसा र लैंगिकहिंसा सम्बन्धी भएका कानूनी व्यवस्थाबारे महिला जनप्रतिनिधिहरूसँग अभिमुखीकरण कार्यक्रम भएको छ । बिहिबार भएको कार्यक्रममा अधिवक्ता मनप्रसाद भट्राईले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा अधिवक्ता भट्राईले अपराध पीडित संरक्षण सम्बन्धी ऐन २०७५ को सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
अधिवक्ता भट्टराईले सूचनासम्बन्धी अधिकार, क्षतिपूर्तिको अधिकार, संरक्षणको अधिकार, पुनस्र्थापनाको अधिकार लगायत विभिन्न अधिकारहरूको बारेमा महिला जनप्रतिनिधिहरूलाई जानकारी गराउनुभएको थियो । उपमहानगरपालिकाकी कार्यपालिका सदस्य तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ की महिला सदस्य यशोदा उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रमा सिविन नेपालका जिल्ला संयोजक झविन्द्र ज्ञवालीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।