हेटौंडाः लागुऔषधसहित २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । मंगलबार राती ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुण कुमार कुसवाहको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडा–१५ पिपल चौतारीस्थित सडक खण्डमा सुरक्षाजाँच गर्ने क्रममा ना ३३ प ३६१० नम्बरको मोटरसाईकलमा सवार रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–६ का २१ वर्षीय आशनारायण यादव र भारतको बिहार राज्य मोतिहारी जिल्ला, भेलाहीका १८ वर्षीय जावेद आलमलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट लागूऔषध लाईट्रोभेट १६५ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्षदेखि १० वर्षसम्म कैद र १ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म दण्ड, जरिवाना र सवारी साधन समेत जफत हुने कानूनी प्रावधान रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
लागूऔषधसहित २ जना पक्राउ
ताजा अपडेट
ट्रेन्डिङ
हेटौंडाको थोक तरकारी बजारमा भेँडे खुर्सानी, रायोको साग, फर्सी, बोडी, करेला,...
हेटौंडाः हेटौंडाको थोक तरकारी बजारमा आज बैशाख २१ गते आइतबार भेँडे खुर्सानी, रायोको साग, हरियो फर्सी, बोडी, करेला, भिन्डी सस्तो भएको छ...