सांकेतिक तस्वीर ।

हेटौंडाः हेटौंडा–१९ नेवारपानीमा टिफरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घाईते भएका छन् । टिफरको ठक्करबाट ३८ वर्षिय स्कुटर चालक मिन बहादुर गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हिजो शनिबार साँझ ४ बजेर ३० मिनेटको समयमा नेवारपानीबाट हेटौंडा तर्फ आउँदै गरेको ३३८३ नम्बरको टिफरले सोहि दिशाबाट आउँदै गरेको प्र ३००२ प ६१६० नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । टिफरको ठक्करबाट घाइते भएका गुरुङको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घाइते गुरुङको अवस्था सुधारात्मक भएको र टिफर चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।