हेटौंडाः जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले विगत ९ वर्षदेखि जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएका छ । चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्म ९ सयभन्दा बढी जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरका सूचना अधिकारी अशोक कुमार झाले जानकारी दिनु भएको छ ।

यस्तै, गत आर्थिक वर्ष २०७७/०७८ मा १ हजार २ सयजना जेष्ठ नागरिकलाई निशुल्क औषधि उपचार प्रदान गरेको उहाँले बताउनुभयो । २०३५ सालमा लागु भएको कार्यक्रम अनुसार २०७० सालदेखि जेष्ठ नागरिकलाई निशुल्क सेवा प्रदान गर्दै आएको उहाँले जानकारी दिनुभयो । प्रसुति महिलाहरुलाई मातृ शिशु कार्यक्रम अन्तर्गत आमाहरुलाई दूध बढाउने औषधि पनि निशुल्क वितरण गर्दै आएको उँहाले बताउनुभयो । आयुर्वेद स्वास्थ्य केन्द्रमा चालु आर्थिक वर्ष ७८/७९ मा करिब ९ हजारले बहिरगं सेवा लिएका छन् । गत आर्थिक बर्ष ७७/७८ मा ११ हजारभन्दा बढीले सेवा लिएका सूचना अधिकारी झाले बताउनुभयो । बहिरगं सेवा लिनेलाई पनि छुट दिई सेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।

डा. रमेश कुमार चौधरीका अनुसार आयुर्वेद स्वास्थ्य केन्द्रमा नसर्ने रोगको उपचार गरिन्छ । दैनिक रुपमा दम, प्रेसर, हाडजोर्नि, वाथ अन्य कलेजो, मिर्गौला रोग सम्बन्धी रोगका बिरामी उपचारको लागि आउने गरेको उँहाले बताउनुभयो । उहाँका अनुसार उमेर, खानपिन, रहन सहनको आधारमा धेरै रोग लाग्ने गरेको छ । आयुर्वेद स्वास्थ्य केन्द्रमा ल्याब, फिजिकल योगमा पनि सेवा प्रदान गर्दै आएको उँहाले बताउनुभयो ।

यस्तै गत मंसिरमा प्रदेश सरकारको एक लाख रुपैयाँ बजेटमा स्वास्थ्य शिविरको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । भौगोलिक विकटताका आधारमा स्थलगत अवलोकन गरी शिविरकोे आयोजना गरिएको थियो । जसमा २ सय ५२ जना मानिसलाई सेवा प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।