हेटौंडाः हेटौंडा अटोमोवाईल्स एशोसिएसनको अध्यक्षमा दामोदरप्रसाद अटल सर्वसम्मत चयन हुनुभएको छ । शनिबार भएको २१ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनबाट १५ सदस्यसहित नयाँ कार्यसमिति निर्वाचित भएका छन् ।
हेटौंडा अटोमोवाईल्स एशोसिएनको कार्यासमितिमा निवर्तमान अध्यक्ष सागर सापकोटा, वरिष्ठ उपाध्यक्षमा ऋषिकुमार ढकाल चयन हुनुभएको छ । उपाध्यक्षमा धर्मराज धिमाल, महासचिव दिपेन्द्र कुमार उप्रेती, सचिवमा जितेन्द्र तिवारी र कोेषाध्यक्षमा गोपीराम बन्जारा चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा श्याम प्रसाद कँडेल, उत्तमप्रसाद भण्डारी, डिल्लीराम रिजाल, मुनाल राज न्यौपाने, इन्द्र कुमार मोक्तान, राज अधिकारी, सञ्जय कुमार गुप्ता र दिपेश खड्गी चयन हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई बर्षे रहने छ । साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रम एशोसिएसनका निवर्तमान अध्यक्ष सागर सापकोटाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर राउतको प्रमुख आतिथ्यमा भएको थियो ।
साधारणसभाको अवसरमा एशोसिएसनका पूर्वअध्यक्ष सुरेश कुमार श्रेष्ठ र सुदेश कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । यस्तै अटोमोवाईल्स व्यवसायी केदारप्रसाद गुप्ता, सुदर्शन ढकाल, किरण रोशन मल्ल, रामप्रसाद कँडेललाई पनि सम्मान गरिएको छ । एशोसिएसनले ट्राफिक प्रहरी तोलाराम बस्नेत र नवल किशोर साहलाई नगदसहित सम्मान गरेको छ ।