आश्रममा आश्रीतलाई खाना खुवाउँदै कुमार पौडेल ।

हेटौंडाः नेपाल ट्रेड युनियन काँग्रेस बागमति प्रदेश उपाध्यक्ष हेटौंडा ९ निवासी कुमार पौडेलले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रममा आश्रीतहरुलाई खाना खुवाउनु भएको छ । पौडेलले परिवारसहित मंगलबार आश्रममा पुगेर आश्रीतहरुलाई खाना खुवाउनु भएको हो ।

उहाँले मानवसेवा आश्रमको स्थापनाकै समयदेखि अभिभावकीय भूमिका निर्वाह गर्दै आउनु भएको छ । कुमार पौडेलले आफ्नो जन्मदिनको अवसरमा मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौंडामा आश्रीत रहेका २ सय जना आमाबुबा तथा बालबालिकाहरुको भोजन सेवाको लागि २० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । उहाँले आफ्नो जन्म दिन, परिवारको खुसी एवं विभिन्न अवसरहरुमा नियमित आश्रमको सेवा कार्यलाई नियमित सहयोग पुर्‍याउँदै आउनु भएको छ ।